प्रतिनिधिसभा बैठक सुरु, रास्वपा र राप्रपाको विरोध कायमै


काठमाडौं ।

 प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुई बुदेँ सहमति भए पछि संसद् सुरु भएको हो ।

 तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाइरहेका छन् ।

 सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद हितराज पाण्डेलाई समय दिए पनि रास्वपा र राप्रपाले टेबुल ठोकेर विरोध जनाइरहेका छन् ।  

 भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग उनीहरूको रहेको छ ।