संवैधानिक निकायका ५२ पदाधिकारीबारे निर्णय असार १८ मा आउने


काठमाडौँ।

सर्वोच्च अदालतले संवैधानिक आयोगमा नियुक्ति पाएका ५२ जना पदाधिकारीबारे सुनाउने तयारी गरेको निर्णय सरेको छ ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र चार जना न्यायाधीशबीचको छलफल नसकिएको भन्दै निर्णय नसुनाइएको हो । सर्वोच्चले अब आगामी असार १८ गते निर्णय आउने बताइएको छ ।