काठमाडौँ ।
प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षले अवरोध गरेपछि भोलीसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक बिहीबार दिउँसो ३:०० बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।
आजको बैठक अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण गरिए पनि ढिलो गरी सुरु भएको थियो। प्रतिपक्षी दलहरूले बैठक सुरु हुनेवित्तिकै उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अवरुद्ध हुँदै आएको संसद् सुचारुका लागि वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए ।
संसद् सुचारुका लागि गरिएको आग्रहलाई बेवास्ता गर्दै प्रतिपक्षी सांसदहरूले नाराबाजी जारी राखेपछि उनले बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित गरेका हुन्
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची थियो।
प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गते देखि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् ।
उनीहरूले भिजिट भिषा प्रकरणमा गृहमन्त्रि रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनु पर्ने मुख्य माग राखिराखेका छन्।











प्रतिक्रिया