हिमालयन बैंकको न्युरोड शाखा ठमेलमा स्थानान्तरण


काठमाडौं ।

हिमालयन बैंकले न्युरोड शाखालाई ठमेलस्थित संचयकोष भवनमा स्थानान्तरण गरेको छ । उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले गर्नुभएको थियो ।

हाल बैंकले १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८ हजारभन्दा बढी पीओएस टर्मिनल ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।