अमेरिकाको निष्कासनमा परेका ३७ नेपाली काठमाडौँ आइपुगे


काठमाडौँ।

अमेरिकाबाट निष्कासनमा परेका ३७ जना नेपाली नागरिक काठमाडौँ आइपुगेका छन्। उनीहरूलाई ओम्नी एयर इन्टरनेसनलको चार्टर उडानमार्फत आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। उक्त विमान भारत हुँदै बंगलादेशबाट काठमाडौँ अवतरण भएको थियो।

अमेरिकी अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा दोषी ठहरिएपछि उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो।

डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको पदभार सम्हालेपछि, अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासीहरूलाई निष्कासन गर्ने नीति कडा बनाएको छ। यस नीतिअनुसार, हालसम्म १४० नेपाली नागरिकलाई अमेरिकाबाट निष्कासन गरिएको छ।