दोलखा ।
दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ४ झ्याकुको बासामा शुक्रबार बेलुका बोलेरो जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दोलखाको सिंगटीबाट झ्याकु देपुङ जाँदैगरेको बा १६ च ७६५१ नम्बरको बोलेरो जीप दुर्घटनामा परी गौरीशङ्कर गाँउपालिका वडा नम्बर ४ झ्याकु देपुङका स्थानीय ४५ बर्षिय फुलमाया शेर्पा र ३४ बर्षिय डोल्मा शेर्पाको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो ।
उकोलो कच्ची सडकमा ब्रेक नलाग्दा बोलेरो जीप दुर्घटना भएको देखिएको प्रहरीको भनाई छ । बोलेरो चालक देपुङका स्थानीय निमाटिकु शेर्पा फरार रहेको र उनको खोजी भै रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया