अमेरिकाको भर्जिनियास्थित एक घरमा चार नेपाली मृत फेला


अमेरिका ।

अमेरिकाको राजधानीसँगै जोडिएर रहेको भर्जिनियामा अर्को एउटा दुःखद घटना नेपाली समुदायलाइ परेको छ ।

अमेरिकामा ४ जना नेपाली मृत अवस्थामा फेला परेका छन् ।

भर्जिनियाको मनासस पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

मृत्यु हुनेका ३८ वर्षीय सन्तोष परियार ३६ वर्षीया अञ्जु श्रेष्ठ दुई वर्षीय बालक र ८ वर्षीया बालिका रहेका छन् । बालबालिकाको भने नाम खुलाइएको छैन ।

मनसास प्रहरीका अनुसार उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको र प्रहरीले यस घटनालाई हत्यापछि आत्महत्या भएको आशङ्कामा अनुसन्धान गरिरहेको छ । मनासास पार्क प्रहरीका अनुसार जुन ५ को राति अर्थात गत बिहीबार १० बजेर ४० मिनेटमा घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीहरू अपार्टमेन्टमा प्रवेश गर्दा ४जनाको शव फेला परेको थियो ।

थप जानकारीका लागि मनेसास पार्क प्रहरी विभागसँग सम्पर्क गर्न सकिने समेत विज्ञप्तीमा उल्लेख छ ।