गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद् अवरोध कायमै राख्ने विपक्षी दलहरुको निर्णय


काठमाडौँ।

प्रतिपक्ष दलहरूले गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनैपर्ने दोहोर्‍याएका छन्। शुक्रबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बानेश्वरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा, एकीकृत समाजवादी, स्वतन्त्र सांसद प्रभु साहलगायत बैठक उपस्थित थिए।

‘गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद् अवरोध कायमै राख्ने निर्णय आजको बैठकले गरेको रास्वपा सांसद शिशिर खनालले बताए। अरु दलसँग पनि कुरा गर्ने निर्णय भएको उनले बताए।

प्रतिपक्ष दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनेसम्म संसद् बैठक बस्न नदिने अडान राख्दै आएका छन्। तर, सरकार पक्षले भने त्यसमा अख्तियारले काम गरिरहेको उल्लेख गर्दै हस्तक्षेप गर्न नुहने बताउने गरेको छ।