काठमाडौं ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको संयुक्त बैठक जारी रहेको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक जारी रहेको हो ।
संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा जारी रहेको उनको सचिवालयले जानकारी दिएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले संसदमा अवरोध गरिरहेकाे बेला याे बैठक बसेको हाे ।
पटक पटक स्थगित हुदैँ आएको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षीले उठेर अवरोध गरे पनि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि प्रतिपक्षीले सो प्रस्ताव स्वीकार गरेका थिएनन् । त्यस पछि बैठकमा अवरोध कायमै भए पछि सभामुख घिमिरेले आज दिउँसो १ः०० बजेसम्मलाई बैठक स्थगित गरेका थिए । तर, अझै सुचारू हुन सकेको छैन ।
बैठकमा उपप्रधान तथा गृह मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०८२८३ का लागि पेश गरेको बजेटका बारेमा छलफल गर्ने कार्यसुची रहेको छ तर निरन्तर अवरोध र स्थगितले बजेट माथि छलफल हुन नै सकेको छैन ।











प्रतिक्रिया