सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


काठमाडौँ।

स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा ७५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य  एक लाख ९३ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य  दुई हजार १५० निर्धारण भएको छ । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।