सप्तरीमा गरगहना लुटपाट,डाका समूहद्वारा १ जनाको हत्या


सप्तरी । डाकाको एक समूहले सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्या समेत गरेको छ । बिहीबार राति डाकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्या समेत गरेको प्रहरीले जनाएको छ ।

डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् । चौधरीको घरबाट सुन चाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ ।