काठमाडौं ।
अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टचारको मुद्दा दर्ता भएपछि नेकपा एकीकृत समाजवादी छलफलमा जुटेको छ ।पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा शिर्ष नेताहरूको अनौपचारिक बैठक जारी रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै अध्यक्ष नेपालसहितका शीर्ष नेताहरू छलफलमा सहभागी भइरहेका छन् र त्यहाँ केही कानुन ब्यावसायीसमेत रहेको जनाइएको छ।
अख्तियारले आज अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बैठकपछि यो विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन् ।











प्रतिक्रिया