कुटपिटमा गम्भीर घाइते भएका किशोरको मृत्यु


दाङ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।निजको टाउकोमा गम्भीर चोट लागेको थियो ।

बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो । यज्ञ वलीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।