कपिलवस्तु।
यशोधरा गाउँपालिका-८ सिंहखोरस्थित सडकमा सिंहखोरबाट महाराजगंजतर्फ जाँदै गरेको ना.अ.प.चै.१०० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने शिव रतन बरईकी छोरी ३ वर्षीया प्रतिभा बरईको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले हाल फरार बस चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया