प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित


काठमाडौँ।

प्रतिनिधिसभाको बैठक भोलि बस्ने गरी स्थगन भएको छ । आज बस्दै नबसी बैठक स्थगन गरिएको हो ।अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, सदन सञ्चालनका विषयमा दलहरूबीच सहमति नजुटेकाले बैठकको समय दिउँसो १ बजेका लागि सारिएको थियो ।

तर, पनि ठोस सहमति हुन नसकेपछि बैठक नै स्थगन गरिएको हो ।

विपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध गर्दै आएका छन् ।