प्रतिनिधि सभाको बैठक २ बजेको लागि सारियो


काठमाडौं ।

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो २ बजेको लागि सारिएको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक उक्त समयमा बस्न सकेको थिएन्।

विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकोले दिउँसो २ बजेको लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आइरहेका छन् ।सभामुखले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सदनको गतिरोध अन्त्य गर्न पहल गरिरहेका छन् ।