सरकार र यातायात व्यवसायीबिचको दोस्रो चरणको वार्तामा पनि जुटेन सहमति  


काठमाडौँ। 

सरकार र यातायात व्यवसायीबिचको  दोस्रो चरणको वार्तामा पनि सहमति जुट्न सकेन। गृह मन्त्रालयमा बसेको सम्बद्ध अधिकारी र यातायात व्यवसायीबिचको दोस्रो चरणको वार्तामा पनि  कुनै निष्कर्ष ननिस्किएपछि भोलि बिहान  साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए।  बार्तामा सहमति नभएपछि  व्यवसायीले जारी आन्दोलनलाई निरन्तरता दिने बताएका छन्। यसअघि अजै बिहान भएको सरकार र यातायात व्यवसायीबिचको वार्ता पनि निष्कर्षबिहीन भएको थियो। 

गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द गरेर  व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्  ।