तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै


काठमाडौँ।

संघीय संसदलगायतका बिषयमा छलफल गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच आज बैठक बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ४ बजे उक्त छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सहभागिता रहने बताइएको छ।

सचिवालयका अनुसार, बैठकमा मुख्यतया संसदमा जारी अवरोध हटाउने, र अन्य राष्ट्रिय महत्वका विषयमा सहमति जुटाउने प्रयास गरिनेछ। !