नेपाली सेनाका प्रवक्ता केसीको सफल कार्यकाल सम्पन्न, नयाँ जिम्मेवारीमा सहायकरथी बस्नेत


काठमाडौं । 

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं सेनाको प्रवक्ताको जिम्मेवारी समाल्दै आएका सहायकरथी गौरवकुमार केसीको कार्यकाल सम्पन्न भएको छ । 

मृदुभाषी,सरल,सहज,मिजासिला स्वभावका धनी सहायकरथी केसीले निकै चुनौतीपुर्ण समयमा सेनाको प्रवक्ताका रूपमा आफ्नो जिम्मेवारी समालेका थिए । 

आफ्नो कार्यकुशलताले जस्तोसुकै असहज परिस्थितिलाई निपुर्णढंगबाट  सम्पन्न गरेका थिए ।

 केसीको सरूवासंगै सेनाको जंगी अड्डाले राष्ट्रिय निकुञ्ज निर्देशनालयका प्रमुख राजाराम बस्नेतलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं सेनाको प्रवक्ताको जिम्मेवारी दिईएको समाचार स्रोतले जनाएको छ । सहायकरथी केसी आगामि २२ गते बिहीबार आफ्नो जिम्मेवारी उस्तै मृदुभाषी सहायकरथी राजाराम बस्नेतलाई सुम्पिने तैयारी गरिरहेका छन् ।