काठमाडौं ।
सुनको मूल्यमा आज पनि बृद्वि भएको छ । आज पनि सुन प्रतितोला तीनसय रुपैयाँ बढेर सुन तोलाको १ लाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ९सय ८५ रुपैयाँमा खरिदबिक्री हुदैँ छ ।











प्रतिक्रिया