सम्पदाकाको संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडियाले निर्वाह गर्दै आइरहेको भूमिका महत्त्वपूर्ण :  सासंद केसी  


काठमाडौँ। 

 संघीय संसद् सदस्य  अर्जुननरसिंह केसीले स्थानीय  सम्पदाकाको   संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडिया र संघसस्थाले निर्वाह गर्दै आइरहेको  भूमिका   महत्त्वपूर्ण रहेको  बताएका छन् । 

आज राजधानीमा मिसन मिडिया क्लबले   आयोजना गरेको  सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडिया, संघसस्थाको भूमिका विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै  सासंद केसीले  यहाँका  मूर्त वा अमूर्त  सम्पदासँगै  विविध सहितको  संस्कृति र रीतिरिवाज  आफैमा  बहुआयामिक  रहको  बताए ।  

त्यस अर्थमा सबै किसिमका   सम्पदाका  अर्थात्  मौलिक संस्कृति,  कला, साहित्य, भाषा र संस्कृतिको संरक्षणमा सहकार्य सहितको   पुस्तान्तरण आवश्यक रहेको बताए।  .  

त्यसअवसरमा  सासद केसीले संस्थाले आयोजना गरेको  एकहप्ते  उद्घोषण तालिमका दुई दर्जन प्रशिक्षार्थीहरूलाई   प्रमाणपत्र समेत  वितरण गरेका थिए ।

  कार्यक्रममा  नेपाल पत्रकार महासंघका  महासचिव  रामप्रसाद दाहालले  सम्पदा संरक्षणमा  संस्थागत चासो देखाउँदै मिसन मिडिया क्लवे दिएको  पहलकद्मी निकै सकारात्मक रहको  बताए ।  साथै महासचिव दाहालले  मिडियाले  सम्पदा संरक्षणको  लागि  मिसनै प्रारुपमा  अभियान शुरु गर्दै  सरोकारवाला निकायको  ध्यानाकर्षण  गर्नु  आवश्यक रहको  बताए ।  

काठमाडौँ  महानगरपालिका अन्र्तगतको  हनुमानढोका दबार क्षेत्र संरक्षण कार्यक्रमको सहकार्य  तथा महानगर वडा न. १९ र विपद पत्रकारिता सञ्जालको समन्वयनमा आयोजित  उक्त कार्यक्रममा  लोकतान्त्रिक  छापामाध्यम  सञ्जालका  अध्यक्ष दामोदर दवाडीले  सञ्चार सम्वद्ध  संस्थाले  स्थानीय सम्पदाको  सरक्षण संगै पर्यटन प्रवद्र्धनको  लागि  लिएको  चासो  निकै अर्थपूर्ण रहेको  बताउदै  यसको  संरक्षणको  लागि  स्थानीय मिडियाले  खेल्ने भूमिका  महत्त्वपूर्ण रहको  बताए ।

 क्लवका अध्यक्ष  श्रीजन झाले सम्पदा हाम्रो  पहिचान  हो भने पर्यटन  संभावना भएको  जिकिर गर्दै  यसको संरक्षण गर्न मिडियाले  हरसंभव प्रयास गर्नु पर्ने बताए।  

 कार्यक्रममा काँग्रेस महासमिति सदस्यद्वय तेवेन्द्र शाक्य, प्राडा अमिता प्रधान ,वरिष्ठ कलाकार शिवहरी नेपाल  उद्घोषण विधाका प्रशिक्षक नरेश मल्ल  , तालिमका प्रशिक्षार्थी एव् नेपाल औषधि थोक  व्ययवसायी संघका  अध्यक्ष गणेश नेपाल ६७ वर्षीय प्रशिक्षार्थी ६७ वर्षीय बालमुकुन्द मूल्मी , काठमाडौँ महानगर वडा न १९ की सदस्य रञ्जिता परियार लगायतले  समेत  धारणा  अभिव्यक्त गरेका थिए ।