विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न


काठमाडौँ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औं बैठक कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री रमेश लेखकज्यूको अध्यक्षतामा सम्पन्‍न भयो।

बैठकले यस वर्षको मनसुनको पूर्वानुमान, विपद्‌बाट प्रभावित हुने अनुमानित केसलोड, मनुसनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकारवाला मन्त्रालय, विभाग तथा निकायको जिम्मेवारी, विषयगत क्षेत्र तथा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, पूर्वतयारी र प्रतिकार्यको लागि आवश्यक सम्पर्क विवरण, सामग्रीहरुको मौज्दात तथा दक्ष जनशक्तिहरुको विवरण समेटिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्‍ट्रिय कार्ययोजना, २०८२’ पारित गरेको छ।

प्राधिकरणको नेतृत्वमा विभिन्न सरोकारवाला मन्त्रालय तथा विभागका प्रतिनिधिहरुको समितिले तयार गरेको कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्‌बाट देशभर करिब ४,५७,१४५ घरधुरीका १९,९७,७३१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ।