संसद् बैठक आधा घण्टालाई स्थगित


काठमाडौँ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।

बैठकअघि प्रमुख सचेतक र सचेतकहरूसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा संसद् बैठक चल्न दिने सहमति भएको थियो । तर प्रतिपक्षीको अवरोधका कारण बैठक अघि बढ्न सकेन ।

बैठक सुरू हुनेबित्तिकै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका सांसदहरूले उभिएर अवरोध गरेका हुन् । त्यसपछि सभामुख देवराज घिमिरेले आधा घण्टालाई स्थगित गरेका छन् ।