काठमाडौँ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई लिएर बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अहिले बालुवाटार पुगेका हुन्।
भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलले गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद चल्न दिएका छैनन् । बुधबार ११ बजेका लागि बोलाइएको संसद बैठक नियमित समयमा सुरु भएको छैन ।
यसै सन्दर्भमा ओली र देउवाबीच मन्त्रीसहित भएको भेटलाई चासोका साथ हेरिएको छ ।











प्रतिक्रिया