युवा संघ नेपालको १० औं अधिवेशन : थेबे अध्यक्षमा निर्वाचित 

8.84k
Shares

पोखरा

राष्ट्रिय युवा संघ नेपालको १० औं अधिवेशनले क्षितिज थेबेलाई पुन दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको अधिवेशनको मंगलबार बिहान भएको मतदानपछिको साँझमात्रै मतगणना पश्चात् थेबे पुन अध्यक्षमा निर्वाचित भएका हुन् । 

मंगलबार साँझ मत परिणाम अनुसार थेबेले ७९६ मत प्राप्त गर्दै विजयी भए । उनका अध्यक्षका प्रत्याशी सुमन पुरी भने ६०८ मत ल्याए । मंगलबार बिहान मतदान भएको थियो । त्यस्तै महासचिवमा महेश चौलागाँईले ७५५ मत ल्याउँदै विजयी हुदाँ उनका प्रत्याशी कुबेर अधिकारी थिए । अध्यक्ष थेबेकै प्यानलबाट पदाधिकारीमा निर्वाचित भएका छन् । 

९ पदाधिकारीसहित १५१ सदस्यीयको लागि ३९९ जनाको उम्मेदवारी परेको थियो । खुल्ला सचिवलाय सदस्यमा पाँच महिलासहित १६ सदस्य रहने व्यवस्था छ । त्यस्तै कोशी प्रदेशमा १४ खुल्ला सदस्य र ७ महिला गरी २१ सदस्य, मधेशमा ८ जिल्ला समेट्ने गरी ८ खुल्ला र ५ महिला गरी १३ सदस्य, बाग्मती प्रदेशमा १३ जिल्ला समेट्न १३ खुल्ला र ७ महिला गरी २० सदस्य, गण्डकीमा ११ जिल्लालाई समेट्न ११ खुल्ला र ६महिला गरी १७ सदस्य, लुम्बिनीमा १२ जिल्ला समेट्ने गरी १२ खुल्ला र ६ महिला गरी १८ सदस्य रहने व्यवस्था छ । 

त्यस्तै कर्णाली प्रदेशको १० जिल्ला समेट्न १० खुल्ला र ५ महिला गरी १५ तथा सुदुर पश्चिम ९ जिल्ला समेट्ने ९ खुल्ला र ५ महिला गरी १४ सदस्य रहने छन् । अन्तर जिल्ला विशेष प्रदेशमा ५ खुल्ला र ३ महिला गरी ८ सदस्य रहने व्यवस्था छ । अधिवेशनमा १ हजार ७ सय ६४ जना मध्ये १ हजार ४ सय ४ जनाले मतदान गरेका थिए ।