यस्ता छन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय 


काठमाडौँ।

 सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले  मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत  सार्वजनिक गरेका हुन्। 

सरकारले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन (करिब ५३ करोड ७६ लाख रुपियाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने  गरेको छ । सरकारले बाफिकोट–खुंग्री १३२ केभी प्रसारण लाइन आयोजनाको लागि ३.२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा। कृष्णप्रसाद तिम्सीनालाई नियुक्त गरेको छ । सरकारले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश स्वीकृति दिने, सार्वजनिक सेवा प्रसारण नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । 

हेर्नुहोस् निर्णयहरु :