नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु


कैलाली ।

बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

बा ५च २२०९ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको पहिचान हुन बाँकी छ।

घटनाबारे थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।