नवलपरासी।
पूर्वी नवलपरासीकाे अम्रसा जंगलमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ भने १ गम्भीर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मधु नेपालका अुनसार दूर्घटनामा परि मृत्यु हुनमा मध्यविन्दु ७ चाेरमाराका २२ वर्षीय रादिम मिधुन र २४ वर्षका नवीन कुमाल रहेकाछन् ।
त्यसैगरी नवलपरासी पश्चिम बर्दघाट ५ घरभई चाेरमारामा टायल मार्वलकाे काम गरि बस्ने २८ वर्षीय मनिष घर्ती मगरकाे अवस्था गम्भीर रहेकाेले थप उपचारका लागि भरतपुर पठाइएकाे प्रनाउ नेपालले बताए ।
उत्तर अम्रसा गाउँबाट चाेरमारा तर्फ आउँदै गरेकाे ३ जना सवार लु ९ प ८११६ नम्वरकाे हाेन्डा साईन माेटरसाईकलका चालकले चिप्लाे सडकमा नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको हाे ।
बिहान ६ बजे भित्री सडकमा भएको उक्त दुर्घटनाका घाईतेलाई उपचारार्थ मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याईएकाेमा ६ :३० बजे चिकित्सकले २ जनाकाे मृत्यु भएको घाेषणा गरेका थिए ।











प्रतिक्रिया