काठमाडौँ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले स्पष्टीकरण बुझाएका छन् । सोमबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमक्ष पाण्डेले स्पष्टीकरण बुझाएका हुन् ।
सातबुँदे स्पष्टीकरणमा पाण्डेले मेयरको आदेश पालना गरेको बताएका छन् ।
पाण्डेले आज स्पष्टीकरण बुझाएको र स्पष्टीकरण पढिसकेपछि थप कुरा गर्ने गुरागाईंले बताएका छन् ।
गत चैत २१ गते गुरागाईं कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले उनलाई रोक्ने प्रयास गरेको थियो । सोही दिनको घटनालाई लिएर गुरागाईंले यही जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।











प्रतिक्रिया