तीनकुने घटना : दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता


काठमाडौँ।

काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६२ जनालाई प्रतिवादी बनाएर आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

रवीन्द्र मिश्र, धवलशमशेर राणा, दुर्गा प्रसाईंसहितका ६२ जनालाई प्रतिवादी बनाइएको मुद्दा दर्ताको प्रक्रियामा रहेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले ६२ प्रतिवादीविरुद्ध आज अभियोजन भएको जानकारी दिए ।

बाँकी तीन नाबालक प्रतिवादीविरुद्ध सोमबार मुद्दा दायर हुने उनले जानकारी दिए । काफ्लेका अनुसार तीन नाबालकसहित कुल प्रतिवादी ६५ हुनेछन् ।