बुटवल।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश आउनुअघि रुपन्देहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । रुपन्देहीमा जिल्ला कारागार अगाडि कार्यकर्ताहरूको ठुलो संख्यामा भिड लागेको छ ।
सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालत बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर केहीबेरमा आदेश आउँदैछ ।उक्त रिटमा आदेश आउन केहीबेर बाँकी हुँदा सर्वोच्च अदालतको गेटमा रास्वपाका नेता कार्यकर्ताहरूको बाक्लो भिड जम्मा भएको छ ।
सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।
उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रवार सुनुवाइ सकिएको हो । लगत्तै आजै आदेश आउने बताइएको छ ।
उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।











प्रतिक्रिया