दुर्गा प्रसाईं थप २ दिन हिरासतमा रहने


काठमाडौँ।

काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेको प्रसाईँलगायतलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।