
२२ अप्रिल २०२५ मा भारत प्रशासित जम्मु–कश्मिरको पहलगाममा आतंकबादीद्वारा एक नेपालीसहित २६ पर्यटकको बर्बर हत्या गरिएपछि भारतले त्यसको जवाफ हतियारबाटै दिनेमा कुरामा कुनै आशंका थिएन । तर, भारतले कति बेला कस्तो जवाफ दिन्छ भन्ने विषयप्रति भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो थियो । भारतको परम्परागत शस्त्रु राष्ट्र पाकिस्तानले भने कुनै पनि बेला आफूमाथि भारतबाट सैन्य हमला हुनसक्ने भन्दै आफ्नो प्रतिरक्षा प्रणालीलाई चनाखो राखिरहेको थियो ।
दुवै देशले सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाइरहेका थिए । साथै सीमावर्ती क्षेत्रमा जल, स्थाल र हवाई सेनालाई तैयारी अवस्थामा राखिएका खबर आइरहेका थिए । यसैक्रममा पहलगाम घटनाको दुई सातापछि ७ मे २०२५ विहान १ बजेर ५ मिनेटको समयमा भारतले पाकिस्तानमाथि सैन्य हमला शुरू ग¥यो । ‘अप्रेसन सिन्दूर’ नाम दिई करिब २४ मिनेटको समयमा भारतीय भनाइमा आतंकबादीहरुको आश्रयस्थल रहेको पाकिस्तानका ९ वटा स्थानमा एक साथ हमला ग¥यो । जवाफमा पाकिस्तानले पनि ‘अप्ररेख्न बुख्यान अल–मर्सुस’ शुरु गर्दै जवाफी कारबाही ग¥यो ।
दुवै देशबीच करिब ८९ घण्टासम्म दोहोरो गोलाबारी भयो । यस घटनामा दुईतर्फ फरक–फरक दाबी आए पनि क्षतिको स्वतन्त्र विवरण आउन सकेको छैन । यद्यपि, सैनिक, गैरसैनिक एवम् आतंकवादी संगठनका सदस्यसहित सयभन्दा बढीको ज्यान जानुका साथै ठूलो भौतिक क्षति भएको भने स्पष्ट छ । अहिले अन्तर्राष्ट्रिय मध्यस्थतामा युद्धविराम भएको छ । तथापि, सीमावर्ती क्षेत्रमा छिटफुट फायरिङ र विस्फोटका घटना भने भइरहेको खबर आइरहेका छन् । दुवै पक्षले युद्धविरामको सहमति उल्लंघन भएको आरोप पनि लगाउँदै आएका छन् ।
अन्तर्राष्ट्रिय चासो
आणविक शक्ति सम्पन्न दुई राष्ट्रबीचको तनावले विश्वलाई दुई खेमामा विभाजित गर्दै अर्को विश्वयुद्धको खतरा निम्त्याउन सक्ने आशंका अन्तर्राष्ट्रिय समुदायमा थियो । दुवै देश शक्तिशाली आणविक हतियार भएका देश मात्रै होइन विश्वका ठूला हतियार आयातकर्ता राष्ट्र पनि हुन् । सन् २०२० देखि २०२४ सम्म भारत विश्वकै दोस्रो ठूलो हतियार आयातकर्ता देश हो । उक्त अवधिमा भारतले विश्व हतियार आयातको ८.३ प्रतिशत हिस्सा ओगटेको थियो । हतियार आयातकर्ताको पहिलो नम्बरमा युक्रेन रहेको छ।
भारतका लागि सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता देश भने रुस हो । यद्यपि, भारतले पछिल्लो समय आफ्नो हतियार आपूर्तिका स्रोतहरूमा विविधीकरण गर्दै फ्रान्स, इजरायल र संयुक्त राज्य अमेरिकासँग पनि हतियार खरिद प्रक्रिया बढाएको छ ।
त्यस्तै पाकिस्तानको पनि हतियार आयातमा पनि उल्लेखनीय वृद्धि भएको छ । सन् २०१५ देखि २०१९ सम्मको अवधिसँग तुलना गर्दा २०२०–२४ मा पाकिस्तानको हतियार आयातमा ६१ प्रतिशतको वृद्धि भएको छ । यस अवधिमा पाकिस्तानले कयौं युद्धक विमान र युद्धपोतहरू खरिद गरेको थियो ।
पाकिस्तानले चीन, टर्की, नेदरल्यान्डस्लगायतका देशबाट हतियार आयात गर्दै आएको छ । वैश्विक सन्दर्भमा, पाकिस्तान विश्वको पाँचौं ठूलो हतियार आयातकर्ता बनेको छ । सन् २०२०–२४ मा पाकिस्तानले कुल विश्व हतियार आयातको ४.६ प्रतिशत हिस्सा ओगटेको थियो । भारत र पाकिस्तानको हतियार खरिदमा देखिएको यो प्रवृत्तिले दक्षिण एसियाली सुरक्षा सन्तुलनमा थप जटिलता थप्ने विश्लेषकहरूको ठम्याइ छ । साथै हतियारको कारोबार र हतियार परीक्षणका दृष्टिले पनि भारत–पाकिस्तानबीचको युद्ध अन्तर्राष्ट्रिय हतियार निर्माताका निम्ति सामरिक महत्वको विषय थियो ।
विशेषगरी फ्रान्समा निर्मित राफेल र चीनमा निर्मित जेएफ–१७ हन्डर नामक दुई युद्ध विमानबीच कुन शक्तिशाली भन्ने परीक्षण पनि हो । किनकी भारतले फ्रान्समा निर्मित राफेल र पाकिस्तानले चीनमा निर्मित जेएफ–१७ हन्डरको प्रयोग गरेका थिए । यी दुई लडाडू विमान यसअघि कहिल्यै आमन्ने सामन्ने नभएकाले कुन शक्तिशाली छ भन्ने खुलेको छैन ।
त्यस्तै युद्ध लम्बिँदै गए हतियारको कारोबार बढ्ने अपेक्षा पनि उत्तिकै थियो । भारत र पाकिस्तानबीच युद्ध शुरू भएपछि अन्तर्राष्ट्रिय हतियार निर्माता कम्पनीको शेयर मूल्य तीव्र गतिमा वृद्धि भइरहेको थियो ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले भारत–पाकिस्तान युद्धमा प्रयोग भएका हतियार तथा लडाकु विमानहरूका बारेमा उल्लेख गरेका छन् । यसको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन ।
लडाकु विमानतर्फ
भारत
ड्यासल्ट राफेल : फ्रान्सबाट आयात गरिएको यो बहुउद्देश्यीय लडाकु विमान हो । यसले स्क्याल्प नामक क्रुज मिसाइल र ह्याम्मर निर्देशित बमहरू बोकेर आतंकवादी संरचनाहरूमा प्रहार गर्न प्रयोग गरिएको जनाइएको छ । राफेलको विशेषता भनेको यसको सटीक प्रहार गर्ने क्षमता हो । यसमा अत्याधुनिक रडार र इलेक्ट्रोनिक जामिङ प्रणाली समावेश छन् ।
सु–३० एमकेआई : रूसीमा निर्मित यो लडाकु विमान भारतीय हवाई सीमाभित्रै रहेर लामो दूरीका मिसाइलहरू प्रहार गर्ने क्षमता राख्छ । यसले स्क्याल्प नामक मिसाइल बोकेर पाकिस्तानमा आक्रमण गरेको जनाइएको छ ।
त्यस्तै यसले मिग–२९ र मिराज–२००० विमानसँगको सहकार्यमा हवाई युद्धमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।
पाकिस्तान
जेएफ–१७ थन्डर : चीनमा निर्मित यो विमान पाकिस्तानको प्राथमिक लडाकु विमान हो । यसले राउन्ड–१ नामक आणविक क्षमतायुक्त क्रुज मिसाइलको प्रयोग गरेको दाबी गरिएको छ।
जे–१० सी : यो पनि चीनमा निर्मित लडाकु विमान हो । यसमा पीए–१५ हवाई मिसाइल जडान गरिएको छ । यसले हाइपरसोनिक क्षमताको मिसाइल बोकेर भारतीय सेनामा त्रास फैलाएको दाबी छ ।
मिसाइल प्रणाली
भारत
स्क्याल्प मिसाइल : ३०० किलोमिटरको दायरामा प्रहार गर्न सक्ने यो क्रुज मिसाइल हो । यसले पाकिस्तानी भूमिमा आतंकवादी शिविरहरूमा सटीक प्रहारका लागि प्रयोग गरिएको जनाइएको छ ।
मिटिअर मिसाइल : उल्का मिसाइल पनि भनिने यो मिसाइल १५० किलोमिटरभन्दा बढीको दायरामा हवाईबाट हवाई प्रहार गर्न सक्षम छ ।
एस– ४०० मिसाइल प्रणाली ः रूसी प्रविधिमा आधारित यो अत्याधुनिक रक्षा प्रणाली हो । यसले पाकिस्तानी ड्रोन तथा मिसाइल आक्रमणहरू रोक्ने अर्थात् आकाशमै नष्ट गरेको दाबी गरिएकोे बताइएको छ ।
पाकिस्तान
राउन्ड–१ मिसाइल : हवाई प्रक्षेपणयोग्य क्रुज मिसाइल हो । यो मिसाइलले आणविक हतियार बोक्न सक्ने क्षमता राख्दछ ।
शाहीन दोस्रो र तेस्रो मिसाइल : यी मध्यम दूरीका बलिस्टिक मिसाइलहरू हुन् । यी मिसाइलहरूले भारतीय सैन्य संरचनामा आक्रमण गर्न सक्ने क्षमता प्रदर्शन गरेको बताइएको छ ।
पीएल–१५ मिसाइल : म्याग ५ गति भएको हाइपरसोनिक मिसाइल । यसलाई विशेषगरी भारतीय राफेल विमानलाई निशाना बनाउन प्रयोग गरिएको भनिएको छ ।
ड्रोन र रक्षा प्रणाली
भारत : यसपटक भारतले इजरायली हेरोन र सर्चर ड्रोनहरू प्रयोगमा ल्याइएको छ । यी आत्मघाती ड्रोनको प्रयोग र जामिङ प्रविधिको समेत प्रयोग गरिएको छ । हेरोन ड्रोनको मुख्य विशेषताहरूमा १०,००० मिटर (३२,८०० फिट)को उचाईमा २०० किलोमिटर प्रतिघण्टाको गतिमा ३० घण्टासम्म उड्न सक्ने, यसको लोड क्षमताः २५० किलोग्राम रहेको छ । सेन्सरहरूमा दिन÷रात क्यामेरा, इन्फ्रारेड, सिग्नल इन्टेलिजेन्स तथा निगरानी, लक्ष्य पहिचान, सञ्चार रिले यसले सटीक आक्रमणका लागि मिसाइल बोक्न सक्छ ।
सर्चर ड्रोनको मुख्य विशेषताहरूमा ६ हजार मिटर (१९,७०० फिट)को उचाईमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा १८ घण्टासम्म उड्न सक्ने यसको लोड क्षमता १२० किलोग्राम रहेको छ ।
त्यस्तै सेन्सरहरूः दिन÷रात क्यामेरा, थर्मल इमेजिङ, इन्फ्रारेड तथा निगरानी, लक्ष्य पहिचान, रियल–टाइम डेटा ट्रान्सफर तथा हतियार प्रहार गर्न सक्षम छ ।
पाकिस्तान : यसपटक पाकिस्तानले बैराक्तर यिहा तेस्रो र आईएआई हरोप ड्रोनहरू प्रयोग गरिएको छ । पाकिस्तानले यस्ता ३००–४०० ड्रोन भारततर्फ पठाएको र ५० भन्दा बढी ड्रोन खसालिएको भारतीय सेनाले दाबी गरेको छ ।
बैराक्तर यिहा तेस्रो ड्रोनका मुख्य विशेषताहरूः टर्कीमा निर्मित यो ड्रोन ८ हजार मिटर (२६,२४६ फिट)को उचाईमा २२० किलोमिटर प्रतिघण्टाको गतिमा २४ घण्टासम्म उडान गर्न सक्छ । यसको लोड क्षमताः २०० किलोग्राम र सेन्सरहरूमा आईआर क्यामेरा, लेजर डेजिग्नेटर, रडार छ । यसले निगरानी, लक्ष्य पहिचान, आत्मघाती बम आक्रमण गर्छ ।
त्यस्तै आईएआई हरोप ड्रोन इजरायल एयरोस्पेस इन्डस्ट्रीजले निर्माण गरेकोे आत्मघाती ड्रोन हो । यसले १५ हजार फिट उचाईमा १८५ किलोमिटर प्रतिघण्टाको गतिमा ६ घण्टासम्म उड्नसक्छ । यसको लोड क्षमताः २३ किलोग्राम विस्फोटक पदार्थ रहेको छ । यसमा सेन्सरहरूः क्यामेरा, रडार होमिङ सिस्टम छ भने यसले लक्ष्य पहिचान, आत्मघाती आक्रमण (लक्ष्यमा गएर ठोक्किनु) हो ।
प्रविधिमा आधारित युद्ध
सन् १९४७ को विभाजनपश्चात् भारत–पाकिस्तानबीच सधैं तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । आधा दर्जनपटक ठूला युद्ध, अनगिन्ती घटना । विभाजनका कारण लाखौंको ज्यान गइसकेको छ । विगतका लडाई तथा तनावपूर्ण स्थिति र यसपटकको तनावलाई विश्लेषण गर्दा दुवै पक्षले परम्परागत स्थलगत युद्धभन्दा फरक रणनीति अपनाएका छन् । यसपटक ‘ट्याक्टिकल भन्दा टेक्निकल’ युद्ध लडेको देखिन्छ । किनकी यसपटक वियोन्ड भिजुअल रेन्ज (बीभीआर) युद्ध गरेका छ । शत्रुलाई प्रत्यक्ष आफ्नै आँखा नहेरेर दुवै पक्षले आफ्ना विमानहरूलाई आफ्नो सीमाभित्रै राखेर लामो दूरीका मिसाइलहरू प्रहार गरे । साथै प्रत्यक्ष हवाई लडाई नगरी हाइपरसोनिक मिसाइलहरूको प्रयोग गरेर आक्रमण गरेको पाइन्छ ।
त्यस्तै यसलाई पहिलो ‘ड्रोन युद्ध’ पनि भनिएको छ । साथै पाकिस्तानले ‘अप्ररेसन बुख््यान अल–मर्सुस’ अन्तर्गत भारतीय सैन्य प्रणालीमा साइबर हमला ग¥यो भने भारतले साइबर जामिङ प्रविधिको प्रयोग गर्दै पाकिस्तानी मिसाइल र ड्रोनहरूलाई अवरोध पु¥याएको छ।
यसपटक केही प्रविधिहरूको पहिलोपटक प्रयोग भएको छ । जस्तै भारतले एस–४०० प्रणालीलाई प्रत्यक्ष परीक्षणमा ल्यायो भने पाकिस्तानले पीए–१५ हाइपरसोनिक मिसाइललाई पहिलो पटक वास्तविक युद्धमा प्रयोग ग¥यो । यसपटकको भारत–पाकिस्तान तनावले परम्परागत स्थलयुद्धभन्दा प्रविधि र अत्याधुनिक हतियारको प्रयोगमा केन्द्रित नयाँ प्रकारको युद्धलाई चित्रण गरेको छ । दुवै पक्षले आफ्नो नवीनतम हतियार प्रणाली र प्रविधिको परीक्षण गरेकाले दक्षिण एसियाली क्षेत्रको सुरक्षा परिदृश्यमा प्रविधि युद्धको सम्भावनालाई उजागर गरेको रक्षा विश्लेषकहरुको निचोड छ ।
(समाचार एजेन्सी तथा रक्षा विश्लेषकहरुको सहयोगमा)











प्रतिक्रिया