सुदीप र शान्तिश्रीको स्वरमा केही भनेकै छैन


काठमाडाैं ।

गायकगायिका सुदीप अधिकारी र शान्तिश्री परियारको स्वरमा लोकदोहोरी गीत केही भनेकै छैन हालै भिडियोसहित सार्वजनिक गरिएको छ।

गीतमा सुदीप अधिकारीको शब्द र संगीत रहेको छ भने कमल सौरागको संगीत संयोजन, कुमार राना मगरको मिक्सिङ र मास्टरिङ रहेको छ। गीतको भिडियोमा ओवी रायमाझी र जुना विश्वकर्माले अभिनय गरेका छन्। गाउ“ले परिवेशमा खिचिएको भिडियोमा ग्रामीण जनजीवन समेटिएको छ।

लेकबेसी, गोठालो, र पानी पँधेरो गर्दा युवा युवतीबीच बसेको माया–प्रेम गीतको भिडियोमा समेटिएको छ। गीतको भिडियो सुदीप अधिकारी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा प्रेममा रहेको जोडीको प्रेमिल कल्पना, प्रेमिकालाई छोडेर टाढा जानु पर्दाको पीडा र त्यसक्रममा हुने युवायुवतीको संवाद गीतमा सुन्न र देख्न सकिन्छ।