भारत र पाकिस्तान युद्ध तनावले सुपर लिगका बाँकी खेल युएईमा हुने


ईस्लामबाद ।

पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ । 

भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ । 

भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पिएसएलका खेलहरु  रोकिएको थियो ।  जारी पिएसएलमा अब लिग चरणका चार खेल र प्लेअफका चार गरि ८ खेल खेल्न बाँकी रहेको छ ।