झन्डै ३ घण्टा ढिलो गरी मन्त्रीपरिषद् बैठक सुरु, पाउला त मुलुकले नयाँ गभर्नर


काठमाडौं ।

 मन्त्री परिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा झन्डै तीन घण्टा ढिलो गरी मन्त्री परिषद् बैठक सुरु भएको हो ।

 साँझ ५ः०० बजेको बोलाइएको मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर चयन गर्ने सम्भावना रहेको बुझिएको छ ।

 सो अघि वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच भेटवार्ता भएको थियो ।

 सो भेटबार्तामा एमालेवाट उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेल र संक्रमणकालिन न्याय सल्लाहकार अग्निप्रसाद खरेल तथा गृह मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणालगायतको उपस्थित थियो ।

 नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने सम्भावना रहेको भनिएको मन्त्रीपरिषद् बैठक अघि यो भेट भएको हो ।