उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु


काठमाडाैं ।

भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

पीटीआईका अनुसार हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए। गम्भीर घाइते एक जनाको उद्धार गरिएकाे छ ।

दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन। राज्य विपद् प्रतिक्रिया बल र जिल्ला प्रशासन टोली राहत र उद्धार कार्यका लागि घटनास्थलमा पुगेका छन्।