पत्रकार असुरक्षित हुने वातावरण सदाका लागि अन्त्य हुनुपर्छ: राष्ट्रपति पौडेल


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको पर्याय मानिने पत्रकारहरू असुरक्षित हुने वातावरण सदाका लागि अन्त हुनुपर्ने बताउनुभएको छ ।

पौडेलले नेपालमा लोकतन्त्र स्थापनामा सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहेकाले सञ्चारकर्मीहरू र आमसञ्चार माध्यमको विकास र विस्तारमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सूचना तथा सञ्चार मन्त्रालयद्धारा बुधबार शीतलनिवासमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले मुलुकको राजनीतिक र सामाजिक परिवर्तनमा प्रेस जगतले खेलेको भूमिका सह«ानीय रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनामा सञ्चार क्षेत्रको उल्लेख्य भूमिका रहेकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासमा पनि सञ्चार क्षेत्रले महत्वपूर्ण योगदान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुृरुङले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि विभिन्न नयाँ कानुनी व्यवस्थाहरू ल्याउन लागिएको जानकारी दिदै सञ्चार क्षेत्र संयमित र राष्ट्रसेवा प्रति जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो । मन्त्री गुरुङले सञ्चार क्षेत्रले भोग्नुपरेका तमामखाले समस्या समाधान गर्न सरकार प्रयासरत रहेको बताउनुभयो । यसैगरी सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले सञ्चार क्षेत्रले भोग्नुपरेका चुनौतीहरूको विश्लेषण गरी समाधानको प्रयास थालिएको बताउनुभयो । कार्यक्रममा बोल्दै पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिताको विकासका क्रममा सामाजिक सञ्जालका कारण सिंगो पत्रकारिता क्षेत्रले संकट व्यहोर्नुपरेकाले सामाजिक सञ्जालको नियमन र व्यवस्थापन अपरिहार्य भएको स्पष्ट पार्नुभयो । पुरस्कृत हुने व्यक्तिको तर्फबाट बोल्दै पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेले प्रेस लोकतन्त्रको आधार भएकाले प्रेसलाई स्वतन्त्र र अधिकारसम्पन्न बनाउनुपर्ने बताए ।

सम्पादक पण्डितलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितलाई पुरस्कृत गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पण्डितलाई निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हीतको प्रवद्र्धन गर्दै जनतालाई सुुसूचित गराउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै सो पुरस्कारबाट पुरस्कृत गरेको हो । पण्डितलाई बुधबार शीतलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ प्रदान गर्नुभएको हो । पुरस्कारको राशी नगद रु १ लाख र कदरपत्र रहेको छ ।
विगत साढे दुई दशक देखि पत्रकारितामा सक्रिय रहँदै आइरहेका सम्पादक पण्डितले मुलुकमा सुशासन प्रवद्र्धन गर्न, राजनीतिक विकृति रोक्न तथा भ्रष्टाचार विरुद्धमा जागरण ल्याउन निरन्तर रूपमा विभिन्न खाले लेखरचना र समाचारहरू सम्प्रेषण गर्दै आइरहनुभएको छ । सम्पादक पण्डितले प्रशासन सुधार, राजनीतिक सुधार, वन तथा वातावरण क्षेत्रका समस्या समाधान तथा ग्रामीण विकास र सामाजिक चेतनाका सबालमा समेत कलम चलाउँदै आइरहनुभएको छ । पण्डितलाई बुधबार शीतलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ प्रदान गर्नुभएको हो । पुरस्कारको राशि नगद रु १ लाख र कदरपत्र रहेको छ । सो कार्यक्रममा वरिष्ठ पत्रकार सम्मान बाट पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोेखरेल र प्रेस चौतारी नेपालमा पूर्व अध्यक्ष गणेश बस्नेतलाई पुरस्कृत गरिएको थियो । यसै गरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेमा सम्पादक पण्डितलगायत पत्रकारहरू विमल गौतम, लोग्शरी कुँवर, दिपेन्द्र श्रेष्ठ, दिपेन्द्र वान्तवा, डिल्लीराम खतिवडासमेत रहेका छन् । उनीहरू सबैलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरेका थिए