हात्तीवनमा कार दुर्घटना हुँदा तीन जनालाई घाइते


काठमाडाैं ।

ललितपुरकाे हात्तीवनमा कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।

ललितपुर महानगरपालिका-२८ स्थित सातदोबाटो-हात्तीवन सडकको ओरालोमा अनियन्त्रित भएको गाडी सडकछेउको बिजुलीको पोलमा ठोक्किएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घटना आइतबार राति ११: १० बजेतिरको हो । बा १५ च ७७६५२ नम्बरको गाडी अनियन्त्रित भएपछि बिजुलीको पोलमा ठोक्किएको थियो । कार ठोक्किएर बिजुलीको पोल नै भाँचिएको छ। भाँचिएपछि सडकको बीच भागमा अडिएको छ।

प्रहरी अनुसार कारमा चालकसहित चार जना सवार थिए। दुर्घटना हुँदा विशाल विक, अमरध्वज पौडेल र मुसेस लामिछाने गम्भीर घाइते भएका छन्। चालक रूपक सापकोटाको भने सामान्य घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

एसपी जोशीका अनुसार चालक सापकोटाले मापसे गरेको भेटिएको छ। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।