सिक्किममा जारले पायो प्रशंसा


आगामी वैशाख २६ गते रिलिजमा आउने फिल्म जारले सिक्किमको गान्तोकस्थित वाज्रा वल्र्डमा आयोजित प्रिमियरमा प्रशंसा पाएको छ।
फिल्म हेरिसकेपछि स्थानीय दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन्। फिल्म हेरेर केही घण्टा आप्mनै समाजको इतिहासको साक्षी बस्न पाउँदा सिक्किमेली दर्शक कोही भावुक त कोही उत्साहित देखिए। दर्शकले फिल्मका कलाकार, निर्देशक, सिनेमाटोग्राफी, विजिएम र भिएफएक्सको तारिफ गरे। गायिका तथा संगीतकार झुमा लिम्बुको संगीत प्रशंसाको अर्को पक्ष बन्यो।
साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्मले कृतिलाई पूर्णतः न्याय गरेको निर्देशक साम्तेन भुटियाले बताए। नेपाली मौलिकता पस्केको फिल्म अभिनय, निर्देशक र प्राविधिक सबै पक्षमा अब्बल बनेको उनको प्रतिक्रिया थियो। अभिनेता उत्तम प्रधानले फिल्म उत्कृष्ट बनेको तथा आप्mनो समाजको विगत थाहा पाउन फिल्म हेर्नुपर्ने बताए।

फिल्मका निर्देशक फुर्वा छिरिङ लामाले आफूले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएको तथा कतिपय ठाउँमा गरिएका नयाँप्रयोग र जोखिमलाई दर्शकले अनुमोदन गरेको बताए।

अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाहीले सिक्किमेली दर्शकसँगै बसेर फिल्म हेर्दा राम्रो प्रतिक्रिया पाएको र फिल्म पारखीलाई जारले तृप्त बनाउने चर्चा गरे। सिक्किमपछि फिल्मको सिलिगुडीमा प्रिमियर गरिएको छ।