सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ।

सहकारी ठगीको आरोपमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतले
सांसद राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

गत शनिबार बेलुका काठमाडाैँकाे कपनस्थित निवासबाटै पक्राउ परेकी राईलाई जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार म्याद थपका लागि काठमाडाैँ जिल्ला अदालतमा उपस्थित गराएको थियो।

यसअघि आइतबार अदालतले पहिलोपटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।