राष्ट्रियसभामा नीति तथा कार्यक्रम टेबुल


काठमाडौँ।

राष्ट्रियसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम टेबुल भएको छ । सभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गरे ।

 बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको  सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राखेको  धन्यवादको प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।