उदयपुर।
बिहीबार र साँझ ४ बजेर १० मिनटको समयमा कटारी ६ सोमबारेमा भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।
कटारी नगरपालिका वडा नं ६ सोमबारे स्थित मदन भण्डारी लोकमार्गमा चितवनबाट झापा तर्फ जाँदै गरेको मे १ च ३०४० नं।को स्कारपियो गाडी आफै अनियन्त्रित भई सडक साइडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको ज्यान गएको र ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
स्कारपियोमा सवार झापाको दमक नगरपालिका वडा नं। ३ बस्ने बर्ष ५५ को माधब बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको हो ।
सवारी चालक जिल्ला झापा दमक नगरपालिका वडा नं। ९ बस्ने बर्ष ३८ को देबेन्द्र तामाङ, दमक नगरपालिका वडा नं। १० बस्ने बर्ष ४९ को राजेन्द्र प्रसाद भण्डारी, दमक नगरपालिका वडा नं। १ बस्ने बर्ष ४५ को ज्ञानेन्द्र गौतम, दमक नगरपालिका वडा नं। ६ बस्ने बर्ष ५४ को कमल श्रेष्ठ, दमक नगरपालिका वडा नं। २ बस्ने बर्ष ३८ को नवीन खतिवडा र गौरादह नगरपालिका वडा नं। १ बस्ने बर्ष ५४ को भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घाईतेहरुको प्रादेशीक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको छ । उक्त घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रनाउ कमल बजगाँईको कमान्डमा खटिएको प्रहरी टोलीले घाईतेहरुलाई उद्धार गरी अस्पताल पठाउने कार्य गरेको हो ।











प्रतिक्रिया