काठमाडौँ।
नेपाल विद्यालय कर्मचारी परिषद् र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच कार्यक्रममै चर्काचर्की भएको छ।
सरकारसँग बुधबार सहमति भएपछि महासंघले आज मध्यबानेश्वरको रत्नराज्यलक्ष्मी माविमा समापन तथा शुभकामना कार्यक्रम राखेको थियो । तर, विद्यालय कर्मचारी परिषद्का कमर्चारी सहमतिप्रति असन्तुष्टि जनाउँदै बिरोध जनाएका छन्।
विद्यालय कर्मचारी परिषद्ले कर्मचारीका विषय पनि सहमतिमा समेट्नुपर्ने र बढाउने भनिएको सेवासुविधाको रकम स्पष्ट खुलाउनुपर्ने माग राखेको छ ।











प्रतिक्रिया