नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने


काठमाडौं ।

 नागरिक उन्मुक्ति पार्टी (नाउपा) केपी ओली नेतृत्वको सरकारबाट बाहिरिने भएको छ ।

 नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बिचमा एकीकरण घोषणा सभाको दिनमा नै संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएपछि सो पार्टी सरकारबाट बाहिरिन लागेको हो ।

 सो पार्टीवाट ओली सरकारमा अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारीमा रहेका छन् । 

 उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने जनाइएकाे छ ।

सर्वोच्च अदालतले बाँकी कैद भु्क्तान गर्नका लागि भन्दै उनलाई आज एकीकरण सभास्थल प्रज्ञा भवनबाट पक्राउ गरेको हो । उनी तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि रिहा भएका थिए ।