हामी वार कि पारको लडाइँमा छौः महासंघ अध्यक्ष सुवेदी


काठमाडौँ। 

 नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले  अब वार कि पारको लडाइँमा रहेको  उल्लेख गरेका छन् । उनले  देशभरका शिक्षकलाई गाउँबाट काठमाडौं आउन आव्हान गर्दै वार कि पारको लडाइँमा रहेको बताएका छन्  । अध्यक्ष सुबेदीले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् –थुप्रै असजिला छन् । आन्दोलन आफैँमा कठिन कार्य हो तर यसपटक हामी वार कि पारको लडाइँमा छौं  भन्ने बुझिदिनुहोला ।

‘गाउँघरमै रहनु भएका साथीहरु, यो आन्दोलनले तपाईंलाई खोजीरहेको छ । सँगैका साथी आन्दोलनको मोर्चामा डटिरहँदा तपाईँको कर्तव्य के होला, एकपटक आफैंलाई सोध्नुहोला । हिजो आन्दोलन पछि हामी आन्दोलन स्थल हेर्न गएका थियौ ।

 त्यहाँ पानीमा बोतलहरु छरप्रष्ट थिए, आज यो अवस्था नदोहोरिने विश्वास लिएका छौं । स्वयमसेवक साथीहरु यसमा निगरानी राखिदिनुहोला । हरेक साथीले आफूले पानी खाएको बोटल आफैं लिएर जानुहोला‘–उनले लेखेका छन् । 

हामी निर्णायक र अन्तिम लडाइँमा छौं । यस्तो वेला नियमित भन्दा बढी बल लगाउनु पर्छ । यो कुरालाई मनन गरी सहभागिता बढाउनुहोला । मेरो आन्दोलन, मेरो सहभागिता ।