शिक्षक महासंघले वार्ता टोली बनाओस्, सरकार वार्तामा बस्छ: शिक्षा मन्त्री


काठमाडौं ।

 शिक्षा, बिज्ञान तथा प्रवृधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको वार्ता टोलीसँग संवाद गर्न तयार रहेको जनाएका छन् ।

शिक्षक महासंघ र सरकार बिच हुने भनिएको वार्ता अन्तिम समयमा भाँडिए पछि मन्त्री पन्तले पुनः वार्तामा बस्न आफूहरू तयार रहेको जनाएका हुन् ।

‘शिक्षक महासंघले आधिकारिक वार्ता टोली गठन गरेर पठाओस्, सरकार उनीहरूसँग वार्ता गर्न तयार छ,’ मन्त्री पन्तले भने ।

तर, शिक्षक महासंघले भने आज मन्त्रालयले ‘गेट पास’का लागि पठाएको नामावली आधिकारिक नभएको भन्दै सिंहदरबार प्रवेशद्वारबाट फर्किएको थियो । जसका कारण आज हुने भनिएको वार्ता हुन सकेको थिएन ।