देशको चारवटा प्रदेशमा मिर्गौला प्रत्यारोपण ! बाँकी तीन वटा प्रदेशमा सुरु गरिने

लुम्बिनी प्रदेशमा पहिलो पटक मिर्गौला प्रत्यारोपण


काठमाडौँ। 

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालको देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार योजना अनुसार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपण सेवा विस्तार  गर्दै आइरहेको छ यसै योजना अन्तर्गत भेरी अस्पताल नेपालगञ्जमा मृगौला प्रत्यारोपण सेवा सुरु भएको छ ।  

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा उक्त प्रत्यारोपण कार्य सम्पन्न भएको हो । केन्द्रका शल्यचिकित्सक डा. दिपेश श्रेष्ठ, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा, डा. शिवसुन्दर राजचल, नेफ्रोलोजिष्ट डा. विक्रम बीर बज्राचार्य, लगायतको टोली संलग्न हुनु भएको थियो ।

प्रत्यारोपण केन्द्रबाट डा. गौरव पन्थ र शाखा अधिकृत हरिहर पोखरेलले गरेका थिए भने ट्रान्सप्लान्ट कोर्डिनेटर सरु कोजु, ओटी नर्स सयिबा नागा, केलिना के.सी, आइ सी यु नर्स अपर्ना सेन, दीपा के.सी, अनु बज्राचार्य लगायतको थिए  भने भेरी अस्पतालका यूरोलोजी विशेषज्ञ, डा दिपेश गुप्ता, एनेस्थेसिया डा पारस पाण्डे, नेफ्रोलोजीतर्फ डा शौरभ हमाल, यूरोलोजीका डा अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा पारस श्रेष्ठलगायतको टोलीले मिर्गौला प्रत्यारोपण कार्यमा सघाएका थिए। 

 त्यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपण अस्पतालको उपलब्धी हुनाका साथै त्यससम्बन्धी बिरामीका लागि उपचारको आशा जगाउने काम भएको बताए ।

भेरी अस्पतालमा हालका लागि महिनाको एक जनाको मिर्गौला प्रत्यारोपण सेवा संचालन गर्ने योजना रहेको र त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर वनाउनको लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप तालिममा पठाउने योजना वनाएको कुरा भेरी अस्पतालका प्रमुख डा सुवेदीले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा र भेरी अस्पताल नेपालगञ्जमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु भएकोमा खुशी व्यक्त गर्दै  डा पुकार चन्द्र श्रेष्ठले क्रमश बाँकी ३ वटा प्रदेश कोशी प्रदेश, मधेश प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा पनि मिर्गौला प्रत्यषरोपण सेवा सुरु गर्ने प्रयास भई रहेको जानकारी गराए ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले हालसम्म १४०१ जनाको मृगौला र ३३ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । मृगौला विरामीको चापलाई ध्यानमा राख्दै केन्द्रले देशको दुई तिहाइ प्रत्यारोपण गर्ने गरेको छ । उपयुक्त जग्गा उपलब्ध भएमा आफ्नो भवनमा अझ बढी सेवा दिन केन्द्र तत्पर  छ ।  

नेपालगञ्जमा प्रत्यारोपण कार्य समाप्त भए लगत्तै मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धि अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो उक्त कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी, स्थानीय पत्रकार, समाजसेवी हरुको पनि उपस्थिति थियोे ।