१२१ डिएसपीको सरुवामा चरम असन्तुष्टि


काठमाडौं ।

 प्रहरी प्रधान कार्यालयले  बिहीबार २१ जान  डिएसपीको सरुवा गरेको छ । उक्त सरुवा प्रति प्रधान कार्यालयभित्रै चरम असन्तुष्टि बढेको छ । सरुवा भएका केही डिएसपीले लगातार तीन पटकसम्म कार्यालय प्रमुख भएका व्यक्तिलाई पुन: प्रमुख बनाएर सरुवा गरिएको छ । सरुवा मापदण्डलाई धोती लगाएर आफ्नालाई सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक दीपक थापाले सरुवा मापदण्ड विपरीत सरुवा नगर्ने भन्दै बोलेको बाली पनि पानीमा धुमिल भएको छ ।

सरुवा भएका मध्ये १४ जनालाइृ पहाडी जिल्लाको प्रमुख बनाएर सरुवा गरिएको छ । कतिपय जिल्लामा कार्यालय प्रमुखका रुपमा खटाइएका डीएसपी यसअघि सोही दर्जामा पटक पटक कार्यालय प्रमुखको जिम्मेवारी सम्हालीसकेका व्यक्ति रहेका छन् । गृह मन्त्री रमेश लेखक र आईजीपी थापाको मिलेमतोमा यस्तो सरुवा भएको प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

विभिन्न जिल्लामा यस अघि नै कार्यालय प्रमुख भइसकेका डिएसपी मनजित कुँवर  फेरि नेताको पावरमा सोलुखुम्वु जिल्लाको प्रहरी प्रमुखको रुपमा सरुवा भएका छन्  । भोला कुमार थापा पनि यस्ता भाग्यमानी डिएसपी हुन क श्रेणीको इलाका प्रहरी कार्यालय लाहानको प्रमुखका रुपमा रहेका थिए । उनको रामेछापमा प्रहरी प्रमुखको रुपमा सरुवा भएको छ । त्यस्तै विवादास्पद छविका  डिएसपी सूर्यबहादुर थापाले म्याग्दी जिल्ला प्रहरी कार्यालयको प्रमुखका रुपमा सरुवा हुन सफल भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख भरत लामालाई सरुवा गरेर वीरेन्द्रबीर विश्वकर्मालाई प्रमुखको जिम्मेवारी दिइएको छ । लामा नेपाल पश्चिम नवलपरासीस्थित प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाहामा खटाइएका छन् ।

ओखलढुंगा प्रहरी प्रमुख कृष्ण खड्का सरुवा हुँदा मदन केसीले जिम्मेवारी पाएका छन् । जुम्लाका प्रमुख छेदीलाल कामतीलाई सरुवा हुँदा रवीनबाबु रेग्मीलाई त्यहाँको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीको सरुवा भएर इकबाल हवारीले कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख नरेशकुमार सिंहलाई सरुवा गरेर हरिप्रसाद पौडेललाई प्रमुखको जिम्मेवारी दिदाँ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेलाई सरुवा गरेर बसन्तकुमार शर्मालाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमका प्रमुख माधवराज खरेलको सरुवा गरेर उमाशंकरप्रसाद यादवलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख रवि रावललाई सरुवा गरेर वेदप्रसाद गौतमलाई प्रमुखको जिम्मेवारी दिइएको छ भने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालको सरुवा गरेर गणेशबहादुर बराललाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख सूर्यबहादुर बोगटीको सरुवा गरेर छिरिङकिप्पा लामालाई प्रमुखको जिम्मेवारी दिइएको छ भने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख हरिकृष्ण केसीको सरुवा गरेर डा।हेमबहादुर केसीलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।