ढुंगेअड्डामा चलिरहेको बसमा आगलागी


काठमाडौँ।

काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा शुक्रवार दिउँसो पाँचपोखरी यातायातको सार्वजनिक बसमा अचानक आगलागी भएको छ । कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बसको फाइबरमा तार सर्ट भएर आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।

दिउँसो १ बजे लागेको आगो २० मिनेटमै चन्द्रागिरी नगरपालिकाको दमकलमार्फत नियन्त्रणमा लिइएको हो । बस पूर्ण रूपमा जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।